२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

आइएमई लाइफको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२४ पुस, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । कम्पनीकाे नवौं वार्षिक साधारणसभा काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष डा. राम हरि अर्यालको नेतृत्वमा सम्पन्न भएको हो।

सभाले हाल कायम चुक्ता पुँजीको १०.५२६३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ। साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण पनि सभाले गरेको छ।

प्रकाशित मिति : January 8, 2026 at 2:21 pm