२५ पुष २०८२, शुक्रबार | Fri Jan 9 2026

लाभांश पारित गर्दै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा सम्पन्न

२४ पुस, काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २८औँ वार्षिक साधारण सभा बिहीबार भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न भएको हो ।

सभाबाट चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ। साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ।

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १४:१२