७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको अध्यक्षमा राधेश्याम खड्का नियुक्त

२४ पुस, काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको अध्यक्षमा राधेश्याम खड्का नियुक्त हुनुभएको छ । पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्ष पदमा नियुक्त गरेको हो।

साथै, बैठकले यसअघिका अध्यक्ष नारायण दत्त तिमिल्सिनाले दिएको राजीनामा स्वीकृत गर्दै खड्कालाई बाँकी कार्यकालका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १२:२६