कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीहरुको हात खालि, लाभांश नदिने
२४ पुस, काठमाडाैं । कर्पारेट डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।
बैठकले सेयरधनीहरुलाई कुनै पनि लाभांश विरतण नगर्ने र सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष वित्तीय विवरण स्वीकृतिको लागि पेश गरिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारणसभामा स्वीकृतिको लागि पेश गरिने पनि बैंठकले निर्णय गरेको छ ।
प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार ११:५३








