२५ पुष २०८२, शुक्रबार | Fri Jan 9 2026

अभियान लघुवित्तको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त

२४ पुस, काठमाडाैं। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा किशोर कुमार भट्टराई नियुक्त हुनुभएकाे छ । पुस २३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले भट्टराईलाई ४ वर्षका लागि स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै, साे बैठकले संस्थाका नायब सीईओ रेशम न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १०:३५