माघ ४ गतेदेखि आईपीओ जारी गर्दै होटल फरेष्ट इन
२४ पुस, काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आगामी माघ ४ गतेदेखि पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले गत पुस २० गते ४० करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि बिक्री गरिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन बन्द छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार ०८:३९








