अवैध लागूऔषध ब्राउनसुगरसहित नागढुङ्गाबाट एक जना पक्राउ
२३ पुस, काठमाडौं । अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित सिन्धुली कमलामाई नगरपालिका-८ बस्ने २५ वर्षीय अनिल भट्टराईलाई
बुधबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०१-००६ ख ५२३७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ । छ ।
प्रकाशित मिति : २३ पुष २०८२, बुधबार १७:२३








