२४ पुष २०८२, बिहीबार | Thu Jan 8 2026

देउवा र लिङदेनबीच भेटवार्ता

२३ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । बुधबार देउवा निवासमा पुगेर राप्रपा अध्यक्ष लिङदेनले पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निमन्त्रणा गरेको राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

सो अवसरमा उहाँहरूबीच आसन्न चुनाव र समकालीन राजनीतिका विभिन्न विषयमा कुराकानी भएको जनाइएकाे छ ।

प्रकाशित मिति : २३ पुष २०८२, बुधबार १७:१७