२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु 

२१ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो । सचिवालय बैठक लामो समयपछि आज बसेकाे हाे ।

फाइल फाेटाे

बैठकमा समसामयिक विषय र पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुने बताइएकाे छ । पार्टी एकताका विषयमा बाँकी विषय टुङ्ग्याउनका लागि ठोस सुझाव दिन गठित कार्यदलले प्रतिवेदन तयार पार्ने क्रममा रहेको सन्दर्भमा बैठक बसेकाे हाे ।

गत पुस १२ गते सम्पन्न स्थायी समितिको बैठकले पार्टी एकताका विषयमा बाँकी काम टुङ्गो लगाउन नौ सदस्यीय कार्यदल बनाएको थियो । सो कार्यदलले केही विषयमा सहमति गरे पनि केही विषय भने सहमति जुटाउन बाँकी छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार ११:२०