२४ पुष २०८२, बिहीबार | Thu Jan 8 2026

सालपा विकास बैंकको आईपीओ बाँडफाँड मिति तय, २२ लाख बढीको हात खाली हुने

२३ पुस, काठमाडौं । सालपा विकास बैंकको आईपीओ बाँडफाँड मिति तय भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको आईपीओ आगामी पुस २५ गते शुक्रवार बाँडफाँड हुने भएको छ।

कम्पनीकाे आईपीओमा कुल २३ लाख ८३ हजार ४०७ जना आवेदकले २ करोड ७८ लाख ८४ हजार ५७० कित्ता सेयरका लागि आवेदन दिएका छन्। यो मागभन्दा १९.३७ गुणा बढी आवेदन हो। कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गाेलाप्रथाबाट  बाँडफाँड हुने छ । गाेलाप्रथाबाट  बाँडफाँड गर्दा १ लाख ४३ हजार ९१७ जनाले मात्रै १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्। बाँकी २२ लाख ३९ हजार भन्दा बढी आवेदकको हात भने खाली हुने देखिएको छ।

प्रकाशित मिति : २३ पुष २०८२, बुधबार १५:४३