२४ पुष २०८२, बिहीबार | Thu Jan 8 2026

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

२३ पुस, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से १३.३५ अकंले घटेर २६३५.९४ बिन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको १ करोड ६ लाख ३३ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँको कारोबार भएको हो ।

बुधबार ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको घटेको छ । १० कम्पनीकाे सेयरमूल्य स्थिर रहेकाे छ । बुधबार नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.०८ प्रतिशत, फस्र्ट माइक्रो फाइनान्सको सेयरमूल्य ३.३५ प्रतिशत, शुवम पावरको सेयरमूल्य २.६७ प्रतिशत, सयपत्री हाइड्रोपावरको सेयरमूल्य २.६३ प्रतिशत र मञ्जुश्री फाइनान्सको सेयरमूल्य २.५६ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २३ पुष २०८२, बुधबार १५:३०