१३ अकंले घट्यो नेप्से, ५ अर्ब १७ करोडको कारोबार
२३ पुस, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से १३.३५ अकंले घटेर २६३५.९४ बिन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको १ करोड ६ लाख ३३ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँको कारोबार भएको हो ।
बुधबार ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको घटेको छ । १० कम्पनीकाे सेयरमूल्य स्थिर रहेकाे छ । बुधबार एसवाइ प्यानल नेपालको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २६ करोड ९४ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.०८ प्रतिशत बढेको छ।
प्रकाशित मिति : २३ पुष २०८२, बुधबार १५:२२








