जेनजी आन्दोलनमा क्षति पुर्याइएका सवारीले कर छुट पाउने
२३ पुस, काठमाडौं । जेनजी आन्दोलनमा पूर्ण रूपमा क्षति भएका सवारी साधनले कर छुट पाउन भएका छन् । बागमती प्रदेश सरकारले जेनजी आन्दोलनको बेला क्षति पुगेका सवारी साधनलाई विशेष कर छुट दिने निर्णय गरेको हो ।
बागमती प्रदेशको मन्त्रिपरिषद्को गत पुस १६ गते गरेको निर्णयलाई प्रदेशले राजपत्रमा प्रकाशन गर्दै छुट दिने भएको हो । राजपत्रमा प्रकाशित सूचना अनुसार जेनजी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडका कारण पूर्ण रूपमा क्षति भएका सवारी साधनहरुको लगत कट्टा (दर्ता खारेज) गर्ने प्रयोजनका लागि चालु आर्थिक वर्ष २०८२/८३ को सवारी साधन कर र नवीकरण दस्तुर छुट दिइनेछ ।
प्रकाशित मिति : २३ पुष २०८२, बुधबार १४:५६








