२४ पुष २०८२, बिहीबार | Thu Jan 8 2026

खैरो हिरोइनसहित पाँच जना पक्राउ, एक नाबालिग रहेकाे प्रहरीकाे खुसाला

२३ पुस, बैतडी, खैरो हिरोइनसहित यहाँ एक नाबालिगसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूका अनुसार उनीहरूलाई आज पाटन बजारबाट पक्राउ गरिएको हो ।

उनीहरूबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ । अनुसन्धानका निम्ति अदालतबाट अनुमति लिएर अभियुक्तहरूलाई हिरासतमा लिइएको छ ।

प्रकाशित मिति : २३ पुष २०८२, बुधबार १३:४३