२४ पुष २०८२, बिहीबार | Thu Jan 8 2026

नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार

२३ पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले पनि उम्मेदवारको टुङ्‍गो लगाएको छ । कांग्रेस र एमालेसँग चुनावी तालमेल नमिलेपछि एक्लै लड्न लागेको नेकपाले उम्मेदवार चयन गरेको हो ।

नेकपाले कोशीबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपानेलाई चयन गरेको छ ।  मधेशबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल, बागमतीबाट प्रेमप्रसाद सापकोटा र सरोज कुमारी झालाई उम्मेदवार बनाएको छ।

गण्डकीबाट कपिल लामा, लुम्बिनीबाट दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन विक, कर्णालीबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतारा, सुदूरपश्चिमबाट टीकाराम जैशी र रोजी बस्नेत सुनारलाई उम्मेदवार बनाएको छ। गण्डकीबाट एक जनाको नाम टुंग्याउन बाँकी छ ।

प्रकाशित मिति : २३ पुष २०८२, बुधबार १३:०८