छिमेक लघुवित्तका सञ्चालक जोशीको पदावधि थप
२३ पुस, काठमाडाैं। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक ऋषिराज जोशीको पदावधि थप भएको छ । पुस २२ गते मंगलबार बसेको सञ्चालक समितिको ३३०औँ बैठकले जोशीको पदावधि थप गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णयअनुसार, संस्थाको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक ऋषिराज जोशीको पदावधि पुस २२ गते समाप्त हुने भएकोले, संस्थाको नियमावलीको नियम ८(९)(घ) बमोजिम आगामी वार्षिक साधारण सभा सम्पन्न नभएसम्मका लागि उनलाई नै सञ्चालक पदमा निरन्तरता दिने निर्णय गरिएको संस्थाले जनाएको छ
प्रकाशित मिति : January 7, 2026 at 12:50 pm









