युनिभर्सल पावरको साधारण सभा पुस ३० गते हुने
२३ पुस, काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले आफ्नो स्थगित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गणपूरक सङ्ख्या नपुगेर स्थगित भएको सभा आगामी पुस ३० गतेका लागि पुनः आह्वान गरेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डलाई पठाएको औपचारिक पत्र अनुसार, आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ को वार्षिक साधारण सभा २०८२ आश्विन २३ गतेका लागि बोलाइएको थियो । तर, कम्पनी ऐन २०६३ तथा कम्पनीको नियमावलीमा तोकिए बमोजिमको गणपूरक सङ्ख्या नपुगेका कारण उक्त सभा स्थगित भएको थियो ।
स्थगित सभा सञ्चालन गर्न कम्पनीको सञ्चालक समितिको बैठक पुस २२ गते बसेकाे थियो । उक्त बैठकको निर्णय बमोजिम अब पुस ३० गते बुधवार कम्पनीकाे सभा आयोजना गरिने भएको छ ।
प्रकाशित मिति : २३ पुष २०८२, बुधबार १२:१४








