२४ पुष २०८२, बिहीबार | Thu Jan 8 2026

एमालेले राष्ट्रिय सभाका ८ उम्मेदवार टुंगो लगायो

२३ पुस, काठमाडौँ । नेकपा एमालेले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा ८ जना उम्मेदवारको टुंगो लगाएको छ । नेपाली कांग्रेस र जसपा नेपालसँग भागबण्डाको सहमतिअनुसार ८ सिटमा उम्मेदवारी दिनेगरी एमालेले उम्मेदवारको टुंगो लगाएको हो ।

जसअनुसार एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेललाई उम्मेदवार बनाएको छ । यस्तै मधेस प्रदेशबाट रेखा झा, बागमतीबाट प्रेम दंगाल र गण्डकी प्रदेशमा सम्झना देवकोटाले उम्मेदवारी दिने निर्णय एमालेले गरेको छ ।

यसैगरी, एमालेले लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले बताए । उम्मेदवारहरुले आजै उम्मेदवारी दर्ता गराउँदैछन् ।

प्रकाशित मिति : २३ पुष २०८२, बुधबार १२:१७