१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

गणपूरक सङ्ख्या नपुगेर स्थगित भएकाे राधीको साधारण सभा पुस ३० गते हुने

२३ पुस, काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडले स्थगित भएको वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले स्थगित भएको आफ्नो वार्षिक साधारण सभा आगामी पुस ३० गतेका लागि आह्वान गरेको छ।

कम्पनीले यसअघि पुस २२ गते वार्षिक साधारण सभा तय गरेकाे थियो। तर, सो दिन कम्पनी ऐन २०६३ तथा कम्पनीको नियमावली बमोजिम सभा सञ्चालन गर्न गणपूरक सङ्ख्या नपुगेपछि सभा अघि बढ्न सकेन।

सभा स्थगित भए लगत्तै पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले स्थगित साधारण सभा पुनः बोलाउने निर्णय गरेको हो। अब कम्पनीको वार्षिक साधारण सभा पुस ३० गते बिहान ८ बजे सञ्चालन हुनेछ।

प्रकाशित मिति : January 7, 2026 at 12:05 pm