२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

सदरमुकामको विवादले आन्दोलन चर्किएपछि रुकुममा १२ घण्टादेखि निषेधाज्ञा जारी

२१ माघ, रुकुम । सदरमुकामको विवादले आन्दोलन चर्किएपछि रुकुममा १२ घण्टादेखि निषेधाज्ञा जारी छ । सदरमुकामको विवाद चुलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले आइतबार साँझ ७ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेकाे छ ।

सदरमुकामका लागि रुकुमकोटका र गोलखाडाबासीले आ–आफ्ना आन्दोलनका कार्यक्रमहरु गर्न नछोड्ने अडान लिएपछि जिल्ला प्रशासन कार्यालय रुकुमले चार किल्ला तोकी निषेधित क्षेत्र घोषणा गरेकाे हाे ।

रुकुमकोटको चार किल्लामा कुनै पनि किसिमका सभा, जुलुस, भेला तथा प्रदर्शनका कार्यक्रमहरु गर्न गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । प्रशासनले पूर्वमा सिस्ने गाउँपालिका ५ को धौला पहिरा, पश्चिममा रानीकोट, उत्तरमो रुकुमगाड हुँदै धाउनेको पारीघट्ट र दक्षिणमा शहीदपार्क हुँदै रुमालबारासम्म निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

सदरमुकाम विवादको विषयमा छलफल गर्न दुवै पक्षलाई सर्वोच्चले आउँदो २७ गते बोलाएको छ । रुकुमकोटमा आन्दोलन चर्किँदै गइरहेको अवस्थामा गोलखाडाबासीले माघ २२ गते रुकुमकोट मै प्रदर्शन गर्ने घोषणा गरेसँगै विवाद झन् बढेको हो ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार १०:३५