१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

युनिक नेपाल लघुवित्तले सेयरधनी बनायो निराश

२३ पुस, काठमाडौं। युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरु निराश बनाएकाे छ । कम्पनीकाे पुस २२ गते बसेको सञ्चालक समितिको १०८औँ बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि नगद तथा बोनस सेयर वितरण नगर्ने निर्णय गर्दै सेयरधनीहरु निराश बनाएकाे हाे ।

बैठकले देशव्यापी रूपमा भएको लघुवित्त विरोधी गतिविधिका कारण ऋण नतिर्ने प्रवृत्ति बढेको, व्यवासायिक मन्दीका कारण ऋणीको व्यवसाय नचलेपछि कर्जा उठ्न नसकेको, युवा पलायन हुँदा कर्जा लगानी नबढेको निष्कर्ष निकालेको जनाएको छ।

बैठकले कम्पनीको निष्क्रिय कर्जा बढ्दा आम्दानीको अधिकांश भाग नोक्सानीमा डुबेको र यसले मुनाफा घट्न गई नगद प्रवाहमा समेत असर परेकाले शेयरधनीलाई लाभांश बाँड्ने चाहना हुँदाहुँदै पनि लाभांश वितरण नसकिने अवस्था आएको भन्दै यस्तो समयमा कम्पनीलाई जोगाउनु नै उत्तम विकल्प भएको भन्दै लाभांश नबाँड्ने निर्णय गरेको जनाएको छ।

प्रकाशित मिति : January 7, 2026 at 10:57 am