१५ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026

माघ ४ गतेदेखि नेपाल लाइफ समृद्धि लगानी योजना निष्काशन हुदै

२३ पुस, काठमाडाैं । नेपाल लाइफ क्यापिटलले माघ ४ गतेदेखि सामूहिक लगानी कोष नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

निष्काशन गरिने कुल १६ करोड इकाईको न्यूनतम १५ प्रतिशत इकाई वा २ करोड ४० लाख इकाईमध्ये १४ प्रतिशत अर्थात् २ करोड २४ लाख इकाई कोष प्रवर्धक कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई र १ प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १३ करोड ६० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त योजनामा न्यूनतम १०० देखि १ करोड ६० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

यो योजनाको इकाई बिक्री बन्द छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते बैंकिङ समयपछि हुनेछ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल लाइफ क्यािपटल लिमिटेड रहेको छ। उक्त योजनाको इकाई खरिदका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : January 7, 2026 at 10:06 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/