२४ पुष २०८२, बिहीबार | Thu Jan 8 2026

एनआईसी एशिया बैंकको २ लाख कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

२३ पुस, काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले आजदेखि  २ लाख कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा सर्वसाधारण जो कोही व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । यो सेयरको न्यूनतम मूल्य १४० रुपैयाँ निर्धारण गरिएको छ ।

बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेखि सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिनु पर्नेछ ।

सेयर बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले माघ २ गतेसम्म काठमाडौंको कमलपोखरीस्थित नेपाल लाइफ क्यापिटलको कार्यालयमा आवेदन दिनुपर्ने छ ।

प्रकाशित मिति : २३ पुष २०८२, बुधबार ०९:३५