९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेस निर्णय

२२ पुस, काठमाडाैं । नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रियसभा चुनावमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ।मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

‘माघ ११ गते आइतबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले अन्य राजनीतिक दलहरूसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गर्दछ,’ उहाँले जारी गरेको सूचनामा भनिएको छ।

प्रकाशित मिति : January 6, 2026 at 6:04 pm