१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

२२ पुस, काठमाडाैं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अन्नपूर्ण–३, पाउँदुर, कास्की स्थित श्री लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकका पोखरा क्षेत्र प्रमुख शिब कुमार ढकालले विद्यालयका प्रधानाध्यापक तारा नाथ पौडेललाई स्टेश्नरी तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै प्रधानाध्यापक पौडेलले लक्ष्मी आधारभूत विद्यालयका सामाजिक–आर्थिक रूपले पिछडिएको तथा गरिब र विपन्न वर्गका विद्यार्थीहरूको शैक्षिक पहुँचमा बैंकले गरेको सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले बैंकद्वारा गरिएको सहयोगले विद्यार्थीहरूको अध्ययनमा थप प्रेरणा मिल्ने पनि बताए ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, श्री लक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : January 6, 2026 at 5:27 pm