आज यी कम्पनीको सेयर मूल्य बढ्याे उच्च दरमा
२२ पुस, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से ९.९३ अंकले बढेर २६४९.३० काे विन्दु कायम भएकाे छ । मंगलबार १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने १०३ कम्पनीको घटेको छ । ८ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।
आज ३३४ कम्पनीको १ करोड ४८ लाख ३१ हजार २४१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार रुपैयाँको कारोबार भएको हो । आज जीवन विकास लघुवित्तको सेयर मूल्य उच्च बढेको छ । कम्पनीको सेयर मूल्य यस दिन प्रतिकित्ता ९.९७ अंकले बढेको हो । त्यसैगरी, थ्रीस्टार हाइड्रोपावरको ९.५४ प्रतिशत, हिमालयन ८०-२० को ७.३४ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २२ पुष २०८२, मंगलवार १५:१३








