आयु इन्टरटेनमेन्टले आईपीओ निष्कासन गर्ने
२२ पुस, काठमाडाैं । आयु इन्टरटेनमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओको विशेष प्रस्ताव पारित गर्न साधारण सभा बाेलाएकाे हाे ।
पुस २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी माघ १३ गते काठमाडाैंकाे पिंगलास्थानमा रहेको होटल बद्रिनाथमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, सञ्चालक समिति पुनर्गठन गर्ने, कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने र यसमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
प्रकाशित मिति : २२ पुष २०८२, मंगलवार १४:३७








