टेलिकम र एनसेललाई ६४३ टावर निर्माणको अनुमति
२२ पुस, काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकम र एनसेललाई ६४३ वटा नयाँ टावर निर्माणका लागि अनुमति दिएको छ।नेपाल टेलिकमलाई २०० र एनसेल आजियाटालाई ४४३ वटा टावर निर्माणका लागि अनुमति दिइएको प्राधिकरणले जनाएकाे छ । साथै, एनसेल आजियाटाले ३०० वटा टावरको स्थान परिवर्तन गर्न पनि अनुमति प्राप्त गरेको छ।
हाल देशभर ७,७८७ वटा दूरसञ्चार टावर सञ्चालनमा रहेका छन् । तीमध्ये नेपाल टेलिकमका ३,६००, एनसेलका ३,५९४ र स्मार्ट टेलिकमका ५९३ टावर रहेका छन्।
प्रकाशित मिति : २२ पुष २०८२, मंगलवार १३:३८








