नुवाकोट बेलकोटगढीका महेन्द्र काठमाडौंबाट पक्राउ
२२ पुस, काठमाडौं । अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं चाबहिल बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-११ घर भएका २६ वर्षीय महेन्द्र तामाङ र काठमाडौं टोखा नगरपालिका-९ दिपज्योती बस्ने बागलुङ ढोरपाटन नगरपालिका घर भएकी २२ वर्षीया निरूता अदेही मगर रहेका छन् ।
काठमाडौं, टोखा नगरपालिका-९ गोंगबुस्थित दिप सागर होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ४० मिलिग्रामसहित उनीहरूलाई गए राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले होटलको ५१५ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २२ पुष २०८२, मंगलवार १२:१७








