९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

सिद्धार्थ बैंकको ‘एसबिएल डिबेन्चर २०८२’ परिपक्व हुँदै

२२ पुस, काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले निष्कासन गरेको “एस.बि.एल. डिबेन्चर २०८२” नामक ऋणपत्र पुसमा परिपक्व हुने भएको छ । बैंकले सो ऋणपत्र परिपक्व हुन लागेको विषयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्राचार गर्दै जानकारी गराएको हो।

बैंकले नेप्सेलाई पठाएको पत्र अनुसार, ७ वर्ष अवधिको यो ऋणपत्र २०८२ पुस २६ गते पश्चात् परिपक्व हुनेछ। प्रति ऋणपत्र १,००० रुपैयाँ अंकित मूल्य रहेको यस ऋणपत्रको वार्षिक ब्याजदर १०.५० प्रतिशत रहेको छ।

सिद्धार्थ बैंकले कुल २२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गरेकोमा २१ लाख ६२ हजार ५५९ कित्ता ऋणपत्र २०७५ पुस २७ गते बाँडफाँड गरेको थियो । सो ऋणपत्र नेपाल स्टक एक्सचेन्ज र बैंकबीच २०७५ फागुन २६ गते भएको सम्झौता बमोजिम नेप्सेमा सूचीकरण भएको थियो । बैंकले सूचीकरण सम्झौताको आधारमा परिपक्व मितिपछि आवश्यक काम कारवाही अगाडि बढाउने तयारी गरेको जानकारी पनि दिएको छ।

प्रकाशित मिति : २२ पुष २०८२, मंगलवार १२:१०