२३ पुष २०८२, बुधबार | Wed Jan 7 2026

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२२ पुस, काठमाडौं। स्थानिय बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ३ हजार १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने छापावाल सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा भएको थियो । यस्तै आज चाँदीको भाउ पनि १९५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २२ पुष २०८२, मंगलवार १०:४९