२४ पुष २०८२, बिहीबार | Thu Jan 8 2026

सुपर खुदी हाइड्रोपावरको आईपीओ बिक्री खुला, क-कसले किन्न पाउछन् ?

२२ पुस, काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३१ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस ६ गते अनुमति पाएको थियो । जसमध्ये १५ लाख २० हजार कित्ता आयोजना प्रभावितका लागि र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो । आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमध्ये ६ लाख २० हजार कित्ता लमजुङको मस्र्याङ्दी गाउँपालिकाको वडा नं. २ र ३ (साविक घनपोखरा गाविसको वडा नं. १, ५, ६, ७ र ८ र साविक खुदी गाविसको वडा नं. १ देखि ९) का स्थानीय बासिन्दाका लागि रहेको छ ।

त्यस्तै बाँकी ९ लाख ३० हजार कित्ता मस्र्याङ्दी गाउँपालिकाको वडा नं. १, ४, ५, ६, ७, ८ र ९ (साविक घनपोखरा गाविसको वडा नं. २, ३, ४ र ९, साविक ताघ्रिङ गाविसको वडा नं. १ देखि ९, साविक घेर्मु गाविसको वडा नं. १ देखि ९, सावकि बाहुनडाँडा गाविसको वडा नं. १ देखि ९, साविक भुलभुले गाविसको वडा नं. १ देखि ९ र साविक सिम्पानी गाविसको वडा नं. १ देखि ९) का स्थानीय बासिन्दाका लागि रहेको छ ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा माघ ६ गते र ढिलोमा माघ २१ गते हनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा पुस २५ गते र ढिलोमा माघ ६ गते हुनेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा र हिमालयन बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २२ पुष २०८२, मंगलवार ०९:१७