२८ माघ २०८२, बुधबार | Thu Feb 12 2026

नेकपा सचिवालय बैठक आज बस्दै, पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुने

२१ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजेका लागि बैठक बोलाइएको हो ।

सचिवालय बैठक लामो समयपछि बस्न लागेको हो । बैठकमा समसामयिक विषय र पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुने बताइएकाे छ । पार्टी एकताका विषयमा बाँकी विषय टुङ्ग्याउनका लागि ठोस सुझाव दिन गठित कार्यदलले प्रतिवेदन तयार पार्ने क्रममा रहेको सन्दर्भमा बैठक बोलाइएको हो ।

गत पुस १२ गते सम्पन्न स्थायी समितिको बैठकले पार्टी एकताका विषयमा बाँकी काम टुङ्गो लगाउन नौ सदस्यीय कार्यदल बनाएको थियो । सो कार्यदलले केही विषयमा सहमति गरे पनि केही विषय भने सहमति जुटाउन बाँकी छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार ०७:३९