१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

विजय लघुवित्तको एफपीओमा पहिलो दिननै पर्यो मागभन्दा बढी आवेदन

२१ पुस, काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्थाको एफपीओ पहिलो दिनमा नै मागभन्दा बढी आवेदन परेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको एफपीओमा पहिलो दिनमै मागभन्दा १८.१३ गुणा बढी आवेदन परेको हो ।

कम्पनीकाे एफपीओमा कुल ७ लाख १९ हजार २०९ जनाले ८४ करोड ९३ लाख २६ हजार रुपैयाँ बराबरको ८४ लाख ९३ हजार २६० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा बढी आवेदन हो ।

कम्पनीले प्रतिकित्ता रु. १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ जारी गरेको हो । साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जरपश्चात बनेको यो संस्थाले सर्वसाधारण समूहको सेयर स्वामित्व अनुपात ७०ः३० कायम गर्न एफपीओ जारी गरेको हो ।

एफपीओको निष्कासन बन्द छिटोमा पुस २४ गते र ढिलोमा माघ ५ गतेसम्म हुनेछ । लगानीकर्ताले एफपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : January 5, 2026 at 5:53 pm