२३ पुष २०८२, बुधबार | Wed Jan 7 2026

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व सङ्कलन १२१.१ प्रतिशतले बढ्याे

२१ पुस, रूपन्देही । आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।कार्यालयले उक्त अवधिमा रु पाँच अर्ब ३६ करोड ८३ लाख आठ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा १२१ दशमलव एक अर्थात् रु ६ अर्ब ५० करोड ३२ लाख सात हजार सङ्कलन गरेको हो ।

कार्यालयले गत आवको सोही अवधिमा रु चार अर्ब ५१ करोड आठ लाख ४७ हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार राजस्वमा अन्तःशुल्कको हिस्सा सबैभन्दा बढी अर्थात् करिब ८० प्रतिशत रहेको छ । आन्तरिक राजस्व कार्यालय, भैरहवाको कार्यक्षेत्रअन्तर्गत ८२ हजारभन्दा बढी व्यावसायिक करदाता छन् ।

प्रकाशित मिति : २१ पुष २०८२, सोमबार १६:२४