१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

उम्मेदवार छनोट गर्दै एमाले, कुन नेता कहाँबाट लड्दैछन् चुनाव ?

२१ पुस, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रियालाई गति दिएको छ ।

पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवार सिफारिस गरिरहेका छन् । सिफारिसका क्रममा कतिपय जिल्लाबाट एकल नाम पठाइएको छभने केही जिल्लाबाट एकभन्दा बढी आकाङ्क्षीको नाम सिफारिस गरिएको छ । केही जिल्लाले सबै इच्छुक उम्मेदवारको नामसमेत केन्द्रमा पठाएका छन् ।

एमाले सचिव महेश बस्नेतका अनुसार हालसम्म २४ वटा निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भइसकेको छ । एकल सिफारिस भएका उम्मेदवार र निर्वाचन क्षेत्रहरूमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली–झापा–५, उपाध्यक्ष विष्णु पौडेल–रुपन्देही–२, महासचिव शङ्कर पोखरेल–दाङ–२, उपमहासचिव लेखराज भट्ट–कैलाली–४, एमाले सचिव महेश बस्नेत– भक्तपुर–२ बाट सिफारिस हुनुभएको छ ।

त्यस्तै, एमाले नेताहरू प्रदीप ज्ञवाली–गुल्मी–१, ईश्वर पोखरेल–काठमाडौँ–५, लीलानाथ श्रेष्ठ–सिरहा–३, अजय गुप्ता–रौतहट–१, हरि उप्रेती–सर्लाही–३, तिलक महत–नवलपुर–२, मिलन गुरुङ–गोरखा–२, बद्री मैनाली–नुवाकोट–१, सूर्य ढकाल–बाँके–१, दलबहादुर सुनार–बाँके–३, विश्राम चौधरी–कपिलवस्तु–१, सुहाङ नेम्वाङ–इलाम–२, लक्ष्मी महतो कोइरी–महोत्तरी–१ सिफारिस हुनुभएको छ ।

साथै, प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस हुनुभएका नेताहरूमा ध्रुव शाही–सुर्खेत–१, कलाधर देवकोटा–सुर्खेत–२, गुलाबजङ्ग शाह–सल्यान, मणिराम फुयाल–काठमाडौँ–२ (प्रस्ताव), दामोदर भण्डारी–बैतडी,गणेश ठगुन्ना–दार्चुला रहनुभएको छ ।

सचिव बस्नेतका अनुसार अन्य केही निर्वाचन क्षेत्र र जिल्लाहरूले पनि सर्वसम्मत रूपमा एकल नाम चयन गरिसकेका छन्भने केही स्थानमा उम्मेदवार छनोटको प्रक्रिया अझै जारी छ । सबै जिल्ला र निर्वाचन क्षेत्रबाट आएका सिफारिस केन्द्रमा पुगेपछि उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ ।

प्रकाशित मिति : January 5, 2026 at 2:02 pm