२२ पुष २०८२, मंगलवार | Wed Jan 7 2026

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भौतिक पूर्वाधार पुनर्निमाण कोषलाई दियो १ करोड सहयोग

२१ पुस, काठमाडाैं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भौतिक पूर्वाधार पुनर्निमाण कोषलाई एक करोड एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । गत भदौ २३ र २४ मा भएको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निमाण गर्ने गरी सरकारले अघि बढाएको कोषमा इन्स्याेरेन्सले उक्त सहयोग गरेको हो ।

इन्स्योरेन्स लिमिटेडका अध्यक्ष शुरेसलाल श्रेष्ठले सोमबार अर्थमन्त्री रामेश्वर खनाललाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएकाे हाे ।

प्रकाशित मिति : २१ पुष २०८२, सोमबार १२:२२