प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से
२१ पुस, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ०.०१ अंकले बढेर २६१०.६४ विन्दुमा पुगेको छ।
सोमबार प्रि ओपन सेसनमा ४३ स्टकको ९८ पटकको कारोबारमा १ करोड २७ लाख ९४ हजार ४० रुपैयाँ ९० पैसाबराबरको १७ हजार ३५९ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : January 5, 2026 at 10:58 am









