९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

समृद्धि फाइनान्स र पोखरा फाइनान्स १ः१ सेयर अनुपातमा मर्ज हुने

२१ पुस, काठमाडाैं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेड १ः१ सेयर स्वाप अनुपातमा मर्ज हुने भएका छन् । दुवै संस्थाबीच गत साउन ४ गते मर्जर प्रयोजनका लागि समझदारीपत्र सम्पन्न भएको थियो।

त्यसैअनुसार गठन गरिएको संयुक्त मर्जर समितिले दुबै कम्पनीको सम्पत्ति, दायित्व र कारोबारको मूल्याङ्कन गर्न मूल्यांकनकर्ता नियुक्त गरेको थियो। मूल्यांकन प्रतिवेदनको आधारमा, समितिले सेयर स्वाप अनुपात १ः१ सिफारिस गरेको थियो।

मर्जर समितिले अनुमोदनका लागि सञ्चालक समितिमा पेश गरेकोमा समृद्धि फाइनान्सको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले १ः१ को अनुपातमा मर्जरमा जाने निर्णय स्वीकृत गरेको हो।  यस निर्णयअनुसार दुवै कम्पनीबीचको मर्जर प्रक्रिया अगाडि बढ्नेछ ।

प्रकाशित मिति : January 5, 2026 at 10:50 am