१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२१ पुस, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यस दिन नेशनल लघुवित्त वित्तीय संस्था, एनएलजी इन्स्योरेन्स कम्पनी र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले भोली अर्थात पुस २२ गते बुकक्लोज गर्दैछन्। यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : January 5, 2026 at 9:24 am