अन्ततः प्रधानमन्त्रीको कुर्सी छाडेर भागेका केपी शर्मा ओलीले पनि दिए बयान
२० पुस, काठमाडौँ । अन्ततः भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँगै प्रधानमन्त्रीको कुर्सी छाडेर भागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि दिए बयान दिनुभएको छ ।
आयोगको टोलीसँग उहाँले लिखित बयान दिनुभएको हो । अस्वीकार गर्ने भनेर सार्वजनिक रूपमा डंकापिट्दै आउनुभएको ओलीले आइतबार आफ्नो बयानको पक्रिया पूरा गरेको आयोगले जनाएको छ ।

नेकपा एमालेको बैठकबाटै आयोगलाई अस्वीकार गर्ने निर्णय गराएका ओलीले आफूले भने आयोगलाई बयान दिनुभएको छ ।
प्रकाशित मिति : २० पुष २०८२, आईतवार १९:५१








