भीमफेदीमा सुमो दुर्घटना ४ जनाको ज्यान गयो ५ घाइते
२० पुस, मकवानपुर । मकवानपुरमा सुमो दुर्घटनामा परेको छ । आइतबार साँझ ५ बजेर २० मिनेट जाँदा भीमफेदी गाउँपालिकाको जुरीखेतमा सुमो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन । काठमाण्डौबाट हेटौडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो सडकबाट सय मिटर तल खोल्सामा खसेको छ । उद्धार गरिएका घाइतेलाई उपचारका लागि हेटाैँडा पठाइएको छ ।
सुमोमा ६ जना पुरुष, १ महिला, १ बालिका र १ बालक रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २० पुष २०८२, आईतवार १९:२४








