जाँचबुझ आयोगले केपी ओलीलाई काट्यो पत्र
२० पुस, काठमाडौं । गत भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र काटेको छ।
सार्वजनिक रूपमै बयान दिन नजाने भन्दै प्रतिवाद गरिरहेका ओलीलाई आयोगले पत्र पठाएको हो । आयोगले भदौ २३ र २४ गतेसँग सम्बन्धित घटनामा संलग्न अधिकांस व्यक्तिहरूको बयान लिइसकेको छ। तत्कालीन गृहमन्त्री रमेश लेखकलगायत अधिकारी तथा पदाधिकारीले आयोगमा उपस्थित भएर बयान दिइसकेका छन्।
प्रकाशित मिति : २० पुष २०८२, आईतवार १७:४२








