रास्वपाले थप्यो चार जना पदाधिकारी
२० पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार जना पदाधिकारी थप गर्ने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी थप गर्ने निर्णय गरेको हो ।
बैठकले उपसभापति १, महामन्त्री १, सहमहामन्त्री १ र सहप्रवक्ता १ थप्ने निर्णय गरेको हो।
प्रकाशित मिति : २० पुष २०८२, आईतवार १७:३४








