२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

नेप्सेले दियो गिरावटलाई निरन्तरता, ५ अर्ब १ करोडको कारोबार

२० पुस, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से १०.२९ अंकले घटेर २६१०.६३ को विन्दुमा कायम भएको हो ।

आइतबार ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ कम्पनीको घटेको छ । ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । यस दिन ३२३ कम्पनीको १ करोड २ लाख ७४ हजार १२६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७५ लाख ८७ हजार रुपैयाँको कारोबार भएको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन एक दशमलव ०४ र व्यापार समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव १४, विकास बैंक शून्य दशमलव ८०, वित्त शून्य दशमलव १३, जलविद्युत शून्य दशमलव ४९, लगानी शून्य दशमलव ३२, जीवन बीमा शून्य दशमलव ८८, लघुवित्त शून्य दशमलव ३२, म्युचुअल फन्ड शून्य दशमलव २९, निर्जीवन बीमा शून्य दशमलव ८६ र अन्य समूह एक दशमलव ६९ प्रतिशतले घटेको छ ।

आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन विन नेपाल लघुवित्त र श्रीनगर एग्रिगेटको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीकाे ३० करोड ६५ लाख रुपैयाँकाे काराेबार भएकाे हाे । यस दिन घटेका कम्पनीकाे मूल्य गिरावटदर ५ प्रतिशतभन्दा कम रहेको छ।

प्रकाशित मिति : January 4, 2026 at 3:22 pm