एसवाई प्यानलसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता
२० पुस, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से १०.२९ अंकले घटेर २६१०.६३ को विन्दुमा कायम भएको हो । यस दिन ३२३ कम्पनीको १ करोड २ लाख ७४ हजार १२६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७५ लाख ८७ हजार रुपैयाँको कारोबार भएको छ ।
आज एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीकाे ३० करोड ६५ लाख रुपैयाँकाे काराेबार भएकाे हाे । त्यस्तै, यस दिन श्रीनगर एग्रोटेकको २२ करोड ८८ लाख रुपैयाँ, बन्दिपुर केबलकारको २२ करोड १२ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको २१ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २० पुष २०८२, आईतवार १५:१२








