२१ पुष २०८२, सोमबार | Mon Jan 5 2026

अवैध लागूऔषधसहित गोंगबुबाट नुवाकोटका श्रीकृष्ण पक्राउ

२० पुस, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-९ गोंगबु शिवमन्दिर चोकबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट सुर्यगढी गाउँपालिका-५ घर भएका २० वर्षीय श्रीकृष्ण तामाङ रहेका छन् ।

ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम सहित शनिबार बेलुकी प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । छ ।

प्रकाशित मिति : २० पुष २०८२, आईतवार १४:४६