एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा खतिवडा नियुक्त
२० पुस, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा रामकृष्ण खतिवडा नियुक्त हुनुभएकाे छ । पुस २० गते सम्पन्न र्बैंकको सञ्चालक समितिको बैठकले खतिवडालाई रिक्त रहेको बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
खतिवडा ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त हुनुभएकाे हाे । साथै, साेही बैंठकले बैंकका सञ्चालक गणेश मान श्रेष्ठले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : २० पुष २०८२, आईतवार १३:३९








