नेफ्स्कून सुर्खेत कार्यालय घटनाप्रति कर्मचारीको ध्यानाकर्षण, राखे यस्ता माग
२० पुस, काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को सुर्खेत सदस्य सेवा कार्यालयमा भएको घटनाप्रति संघ व्यवस्थापनले ध्यानाकर्षण जनाएको छ । गत पुस १८ गते सुर्खेत सेवा कार्यालयमा कार्यरत कर्मचारीमाथि भएको दुर्व्यवहार र कुटपिटको घटनापछि नेफ्स्कूनमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले संघ नेतृत्वसमक्ष विभिन्न मागसहित आन्दोलनको चेतावनीसमेत दिएका छन् ।
संघका सञ्चालक समिति सदस्य वीर बहादुर रावत (भोटे) ले सुर्खेत सेवा कार्यालयमा कार्यरत मदन कुमार चन्द र पुष्पराज तिमिल्सेनामाथि कार्यस्थलमै सांघातिक आक्रमण गरेको घटनाका कारण सम्पूर्ण कर्मचारीहरू असुरक्षित महसुस गरिरहेको कर्मचारीहरू जनाका छन् ।
‘संघका सञ्चालक समिति सदस्य विर बहादुर रावत (भोटे)द्वारा नेफ्स्कून सुर्खेत सेवा कार्यालयमा कार्यरत कर्मचारीहरु मदन कुमार चन्द र पुष्पराज तिमिल्सेना माथि कार्यस्थलमा भएको सांघातिक हमलाका कारण संघमा कार्यरत सम्पूर्ण कर्मचारीहरु असुरक्षित भएकाले उक्त घटनाको विधिसम्मत छिनोफानो नभएसम्मका लागि निज सञ्चालकरावतलाई तत्कालै निलम्बन गरि बर्खास्त गरियोस्,’ संघले भनेको छ, ‘उक्त हमलाका कारण कर्मचारीद्वय मदन कुमार चन्द र पुष्पराज तिमिल्सेनाका साथै सम्पूर्ण कर्मचारीहरुको सुरक्षा संवेदनशिलतालाई ध्यान दिई सबैको जिउधनको सुरक्षाको उचित व्यवस्थापन गर्न माग गर्दछौं ।’
यस्ता छन् मागहरूः

प्रकाशित मिति : २० पुष २०८२, आईतवार १३:१७








