२१ पुष २०८२, सोमबार | Mon Jan 5 2026

हिम स्टारको ४६ हजार कित्ताको लक इन अवधि माघमा समाप्त हुँदै

२० पुस, काठमाडाैं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडकाे लक इन अवधि आगामी माघमा समाप्त हुने भएको छ । कम्पनीले सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त हुन लागेको हाे। कम्पनीले एक सूचना जारी गर्दै आगामी माघ १ गतेदेखि कुल ४६ हजार ६२५ कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेकाे जनाएको हो।

सर्वसाधारणका लागि सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको सेयर लक इनमा राख्नुपर्ने कानुनी व्यवस्था छ। नेपाल धितोपत्र बोर्डको निर्देशन र प्रचलित व्यवस्था अनुसार उक्त ६ महिनाको अवधि पूरा भएपछि अब ती सेयरहरू दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन्।

प्रकाशित मिति : २० पुष २०८२, आईतवार १२:००